काठमाडाैं महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे निलम्बनमा, उच्च अदालतद्वारा रिट खारेज

Thankot Times

थानकोट ।

उच्च अदालत पाटनले यसअघि दिएको आदेश खारेज गर्दै काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कायमै रहने आदेश गरेको छ ।

पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए ।

न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षमा प्रवेश रोक लगाएपछि उनलाई निलम्बन गरिएको थियो । आफूलाई गैरकानुनी रुपमा नै निलम्बन गरिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए । सोही रिट अहिले खारेज गरेको हो ।

यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *