भदाै २४ मा थानकोट चाैकी तोडफोड र आगजनी गरेको आरोपमा थानकोटका युवा पक्राउ
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०६ थानकोट चेकपोष्टस्थित प्रहरी वृत्त तोडफोड र आगजनी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटका ३८ वर्षीय पुरुष छन् ।
प्रहरी चाैकीमा तोडफोड र आगजनी गरेको भिडियोका आधारमा उनलाई पहिचान गरी बुधबार थानकोट क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
गत भदाै २३ गते भएको जेन-जी आन्दोलनपछि भोलिपल्ट भएको प्रदर्शनका क्रममा उनीसहितका व्यक्तिले प्रहरी वृत्त थानकोटको कार्यालय तोडफोड र आगजनी गरेको प्रहरी वृत्त थानकोटको भनाइ छ ।
उनीमाथि थप अनुसन्धान भइरहेको र तोडफोड र आगजनीमा संलग्नहरुको पहिचान र खोजी कार्य तिव्र बनाइएको प्रहरीको भनाइ छ ।
तोडफोड र आगजनीपछि क्षतिग्रस्त बनेको वृत्तको नवनिर्मित कार्यालय स्थानीयसमेतको अग्रसरतामा भदाै महिनाबाटै पुनःस्थापना भइसकेको छ ।
फाइल फोटोः प्रकाश गोपाली













