दक्षिण अफ्रिका पहिलोपटक आईसीसी महिला विश्वकपको फाइनलमा

Thankot Times

थानकोट ।

आईसीसी महिला क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई १ सय २५ रनले हराउँदै फाइनलमा ठाउँ सुरक्षित गरेको छ ।

गुवाहाटीमा बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको ३ सय २० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४२ ओभर ३ बलमा १९४ रनमा अलआउट भयो ।

त्यसअघि दक्षिण अफ्रिकाले पुरै ५० ओभरमा ७ विकेट गुमाउँदै ३१९ रन बनाएको थियो ।

दक्षिणअफ्रिका पहिलोपटक महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो सेमिफाइनल खेल भारत र अष्ट्रेलियाबीच आज हुँदैछ ।

तस्बिरः गेट्टी इमेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *