आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र यूएई आज प्रतिस्पर्धा गर्दै
थानकोट ।
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल आज यूएईसँग भिड्दै छ ।
नेपाल र यूएईको खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ ।
यसअघि सिरिजको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबमा छ ।
लिग–२ शृङ्खलामा नेपाल र आयोजक संयुक्त युएईलाई हराएपछि अमेरिका तालिकाको शीर्षस्थानमा छ ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा मङ्गलबार राति भएको खेलमा युएई अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो ।















