सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो
थानकोट।
नेपाली बजारमा बिहीबार (कात्तिक १३) सुनको मूल्य स्थिर छ ।
सुन बुधबार (कात्तिक १२)कै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३६ हजार ३०० रुपैयाँ कायम छ ।
बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बुधबार चाँदी प्रतितोला दुई हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।













