नेपाली फुटबल टिमका प्रशिक्षक म्याट रसद्वारा पदबाट राजीनामा
थानकोट ।
नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् ।
अस्ट्रेलियन नागरिक रसले बुधबार (कात्तिक १२) अखिल नेपाल फुटबल संघ (एन्फा) सचिवालयमा राजीनामापत्र बुझाएका हुन् ।
पछिल्लो समय पुरुष टिमको खराब प्रदर्शनका कारण रसले एक वर्ष नबित्दै इमेलमार्फत राजीनामा बुझाएका हुन् ।
मलेसियासँग खेल नजिकिँदै गर्दा उनले राजीनामा दिएपछि पुरुष टिमको प्रशिक्षक पद रिक्त बनेको छ ।
तस्बिरः एन्फा














