आईसीसी विश्वकप क्रिकेट लिग-२ः कप्तान रोहितको शतकमा यूएईले पायो २३४ रनको लक्ष्य

Thankot Times

थानकोट।

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा घरेलु टिमविरुद्ध नेपालले २३४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार यूएईको दुबईमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल खडा गरेको हो ।

नेपालका कप्तान रोहितले सम्हालिएर खेल्दै सर्वाधिक १०९ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो ।

योसँगै रोहित नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई शतक बनाउने पहिलो ब्याटर बनेका छन् ।

यसअघि रोहितले सन् २०२२ को मार्चमा त्रिवि क्रिकेट मैदानमै सम्पन्न पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एकदिवसीय शतक बनाएका थिए । उनले पीएनजीविरुद्ध १२६ रन बनाएका थिए । यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट कुनै पनि ब्याटरले बनाएको व्यक्तिगत उच्च स्कोरसमेत हो ।

आसिफ सेखले ४८ बलमा चार चौकासहित ३५ रन बनाए ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे ।

यूएईका जाहिद अलीले समान ४ विकेट लिए । जुनैद सिद्दिकीले तीन विकेट लिए । जाहिदको यो पहिलो ओडीआई खेल हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *