मेयरको घरमा भदाै २४ गते तोडफोड गर्ने युवक समातिए
थानकोट ।
जेन–जी आन्दोलनको क्रममा गत २४ भदौमा बुढानीलकण्ठका मेयर मिठाराम अधिकारीको घरमा तोडफोड गने युवक पक्राउ परेका छन्। धुम्बाराही घर भई बुढानिलकण्ठ–१० शिवमन्दिर बस्ने २२ वर्षिय प्रशान्त महतारा बिहीबार पक्राउ परेका हुन्।
प्रहरी प्रभाग कपनले उनलाई शिवमन्दिरबाट पक्राउ गरी थप अनुसन्धानका लागि बौद्ध वृत्तमा बुझाएको छ। घरमा तोडफोड तथा आगजनी गरेको भिडियोका आधारा पहिचान गरी प्रहरीले पक्राउ गरेको हो।
आन्दोलनको आडमा नेता तथा व्यवसायीको घरमा आगजनी, तोडफोड र लुटपाट गर्नेलाई प्रहरीले केही दिनयता धमाधम पक्राउ गरिरहेको छ।













