थानकोटको वीआर ब्रदर्शले सी डिभिजन छनोट लिग खेल्ने, वडा कार्यालयले दियो आर्थिक सहयोग
थानकोट ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंसिर ४ गतेबाट शहिद स्मारक सी डिभिजन छनोट प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
जसअनुसार कार्तिक ३० भित्र खेलाडी तथा व्यवस्थापक दर्ता गरिसक्नु पर्ने एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।
यसैबीच चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटस्थित वी आर ब्रदर्श फुटबल क्लबले पनि सी डिभिजन छनोट खेल्ने भएको छ ।
क्लबका अध्यक्ष काजी काङ्दङ्वाका अनुसार क्बलले उक्त प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।
वी आर ब्रदर्श फुटबल क्लबले सी डिभिजन छनोट लिग खेल्नेभएपछि बिहीबार चन्द्रागिरि वडा नंं ४ को कार्यालयले क्लबका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद खड्गीले क्लबका प्रतिनिधिहरूलाई सो सहयोग रकम हस्तान्तरणका हुन् । सो क्रममा वडाका अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।
हाम्रो खेल गतिविधि सञ्चालनका लागि वडा कार्यालयले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ, यस किसिमको सहयोगले हामीलाई मनोबल उच्च बनाएर खेल खेल्न सहयोग गर्नेछ- क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।













