प्रहरी वृत्त थानकोट र प्रभाग बलम्बु तोडफोडमा संलग्न भएको आरोपमा चन्द्रागिरिका दुई युवा पक्राउ
थानकोट ।
भदाै २३ गतेको जेन-जी आन्दोलनपछि सो को भोलिपल्ट प्रहरी प्रभाग बलम्बुमा आगजनी तथा तोडफोड गर्ने युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मातातिर्थका ३७ वर्षीय युवा छन् ।
ती युवाले बलम्बुस्थित प्रहरी प्रभाग कार्यालयमा तोडफोड गरी प्रहरीको गाडी निकालेर आगजनी गरेको आरोप छ ।
फोटो तथा भिडियाको आधारमा पहिचान गरी उनलाई बिहीबार मातातीर्थबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, थानकोटस्थित प्रहरी वृत्त आगजनी गर्ने चेकपोष्टका अर्का युवालाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग बलम्बुमा आगजनी तथा तोडफोडमा संलग्न भएको अभियोगमा १-१ जना युवालाई पक्राउ गरिसकेको छ ।
उता प्रहरी प्रभाग काँडाघारीमा आगजनीमा संलग्न दोलखाका रञ्जित धामी र ओखलढुंगाका विश्वास तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस्
भदाै २४ मा थानकोट चाैकी तोडफोड र आगजनी गरेको आरोपमा थानकोटका युवा पक्राउ
भदाै २४ गते प्रहरी प्रभाग बलम्बुमा तोडफोड गर्दै मोटरसाइकल जलाउने युवा समातिए













