नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रति तोलामा दुई हजार सात सय रुपैयाँले बढेर दुई लाख ३९ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको थियो ।

आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ ।

यसदिन चाँदीको भाउ प्रति तोलामा ८० रुपैयाँले बढेर तीन हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *