निरन्तरको वर्षाले नागढुङ्गा-पिपलामोड सडकमा सवारीसाधन पास हुन सकस !

Thankot Times

थानकोट ।

बिहीबार बिहानैदेखि जारी वर्षाका कारण निरन्तरको वर्षाले नागढुङ्गा-पिपलामोड सडकमा सवारीसाधन सञ्चालनमा सकस भएको छ।

नाग-मन्दिर क्षेत्रको सडकमा खाडल बनेपछि अहिले सो क्षेत्रमा सडक एकतर्फी सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

नागढुङ्गा-मुग्लिङ सडक सुधार आयोजना अन्तर्गत सो क्षेत्रमा सडक मर्मतको कार्य जारी रहेकोमा निरन्तर वर्षा भएपछि सो खण्डमा सवारीसाधन सञ्चालनमा अवरोध भइरहेको हो ।

सडकमा ठूलाठूला खाडल परेका छन्।

सवारीसाधन गुडाउनै सकस भएपछि खाडलमा ढुङ्गा राखेर अवस्था सहज बनाउन कोशिस गरिरहेका छाैं सो क्षेत्रमा खटिएका एक जना ट्राफिक प्रहरीले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *