हरि खड्कालाई पुरुष राष्ट्रिय फुटबल टिमको प्रशिक्षण जिम्मेवारी

Thankot Times

थानकोट ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी पूर्वखेलाडीसमेत रहेका हरि खड्काले पाएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो । 

एन्फाका महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।

खड्का एन्फाका प्राविधिक निर्देशकसमेत हुन् । 

खड्काले यसअघि २०७५ सालमा नेपाली महिला टिमको प्रशिक्षण जिम्मेवारीसमेत सम्हालेका थिए ।

खड्का नेपाली राष्ट्रिय टिमबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् । उनले राष्ट्रिय टिमबाट कुल १३ गोल गरेका छन् । 

खड्कासँगै निराजन रायमाझी र अञ्जन विष्टले पनि समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

यसअघि नेपाली टिमका मुख्य प्रशिक्षक रहेका अस्ट्रेलियन प्रशिक्षक म्याट रोसले राजीनामा दिएपछि यो जिम्मेवारी रिक्त बनेको थियो । रोसले नेपाली टिमको प्रशिक्षण सम्हालेको सात खेलपछि नै राजीनामा बुझाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *