एनएसपीएललाई प्रतियोगिता सञ्चालन गर्न स्वीकृति नभएको क्यानको भनाइ

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघ (क्यान)ले एनएसपीएल टेनिस बल क्रिकेट प्रतियोगिता सञ्चालन गर्न स्वीकृति नदिने निर्णय गरेको छ ।

शुक्रबार क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को संरचनामा नपर्ने जनाउँदै एनएसपीएललाई मान्यता नदिने निर्णय गरेको हो ।

“डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा यही मिति २०८२ कात्तिक १५ गतेदेखि काठमाडौंमा एनएसपीएल टेनिस बल क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको यस संघको जानकारीमा आएको छ ।

टेनिस बल क्रिकेट प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को संरचनामा नपर्ने प्रतियोगिता भएकोले यस प्रकारको प्रतियोगितालाई यस संघबाट समेत स्वीकृति प्रदान नहुने व्यहोरा जानकारी गराउँछौँ,” क्यानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्यानले शुक्रबार पत्राचार गर्दै यो जानकारी सार्वजनिक गरेको थियो । प्रतियोगिता डीजीआर स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा यही कात्तिक १५ गतेदेखि काठमाडौंमा सुरु हुने तालिका थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *