सबै बालबालिकालाई कम्तीमा तीन-चार वर्ष संगीतको शिक्षा दिइनुपर्छ- वरिष्ठ गायक कार्की

Thankot Times

थानकोट । 

वरिष्ठ गायक आनन्द कार्कीले बालबालिकालाई कम्तीमा तीन-चार वर्ष संगीतको शिक्षा दिनुपर्ने धारणा राखेका छन् । 

शनिबार चन्द्रागिरि नगरपालिका नैकापमा ब्राइट फ्यूचर माविले आयोजना गरेको सम्मान कार्यक्रममा गायक कार्कीले सो बताएका हुन् ।

संगीत सत्य हुने बताउँदै उनले अभिभावकहरूले बालबालिकालाई संगीतको कक्षामा राखिदिने हो भने बालबालिकाले सो क्रममा संस्कार सिक्ने धारणा राखे ।

संगीतमा प्रेम छर्ने शक्ति रहने भएकोले अभिभावकले कम्तीमा तीन चार वर्ष आफ्ना बालबालिकालाई संगीतको कक्षामा राखिदिन समेत उनले आग्रह समेत गरे ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक कार्की गतसाता भारतको शान्तिवनमा गत साताआयोजित ‘ग्लोबल समिट २०२५’ अन्तर्राष्ट्रिय सम्मानबाट समेत सम्मानित भएका थिए । 

कार्यक्रममा बोल्दै साहित्यकार डा. नवराज लम्सालले बालबालिकालाई इच्छाअनुसारको रचनात्मक कार्यका लागि प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

शनिबारको कार्यक्रममा गायक कार्कीलाई ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्की, प्रधानध्यापक दयाराम थापा लगायतले ताम्रपत्रसहित सम्मान गरेका थिए । सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. १४ का वडाध्यक्ष राजभाइ महर्जन, वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुइँटेल, चन्द्रागिरि प्याब्सनका अध्यक्ष सरोज महर्जन लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *