काठमाडौंका विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन तत्काल गर्न निर्देशन
थानकोट ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय एकाइ ताहाचलले काठमाडौँ जिल्लाका सबै नगरपालिका र सामुदायिक विद्यालयलाई प्रधानाध्यापक (प्र.अ.) व्यवस्थापनसम्बन्धी कार्य अविलम्व कार्यान्वयन गर्न निर्देशन दिएको छ।
एकाइ प्रमुख (उपसचिव) समन्तमणि आचार्यद्वारा जारी सूचनामा भनिएको छ,‘भदाै १३ को पत्रअनुसार सबै सामुदायिक विद्यालयमा प्रधानाध्यापक व्यवस्थापन हुन अनुरोध गरिएकोमा, काठमाडौँ महानगरपालिका बाहेकका अन्य नगरपालिकाअन्तर्गतका विद्यालयमा उक्त कार्यमा अवहेलना र अख्तियारको दुरुपयोग भएको भन्ने उजुरी प्राप्त भएको छ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौँको च.नं. १३२४८ असाेज २४ को पत्रका आधारमा एकाइले सम्बन्धित नगरपालिका र विद्यालयलाई तत्काल कार्यान्वयनका लागि पुनः पत्राचार गरेको हो।














