तरेली साहित्य प्रतिष्ठानको बाह्राैं वार्षिकोत्सवका अवसरमा चारजना लेखकका ६ कृति लोकार्पण
थानकोट ।
तरेली साहित्य प्रतिष्ठानको बाह्राैं वार्षिकोत्सवका अवसरमा चारजना लेखकका ६ कृति एकसाथ लोकार्पण गरिएका छन् ।
काठमाडाैंको शंखरापुर नगरपालिका साँखुमा शनिबार (कार्तिक १५) आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले ती कृति लोकार्पण गरेका हुन् ।
सो क्रममा भरतमणि ढुंगानाको भावनाका लहर कविता संग्रह ,रामेश्वर श्रेष्ठ “शैलेन्द्र” को नेता महात्म्य हास्य व्यंग्य संग्रह भाग-२, कृष्ण प्रसाद नेपालको अबको शिक्षा शिक्षा सम्बन्धि लेख संग्रह र राजेन्द्र श्रेष्ठका तीन वटा कविता संग्रह सम्झना बिर्सना, सूर्यास्तको एक साँझ र पद चिन्ह लोकार्पण भएका गरिएको तरेली साहित्य प्रतिष्ठानले जनाएको छ ।
सो कार्यक्रममा प्रतिष्ठानले वार्षिक रूपमा प्रदान गर्ने १० हजार रुपैयाँ राशीको तरेली साहित्य पुरस्कार २०८० सालमा प्रकाशित कथा लघु कथा विधा अन्तर्गत कथाकार दिब्य गिरीको ईश्वको अनुहार कथा संग्रहलाई प्रदान गरिएको संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । उक्त पुरस्कार प्राप्त कृति ईश्वरको अनुहार कथा संग्रहमाथि पुरस्कार छनौट कमिटिका संयोजक भरतमणि ढुंगानाले समिक्षात्मक टिप्पणी गरेका थिए ।
यस्तै, शनिबार लोपार्पित राजेन्द्र श्रेष्ठको कविता संग्रहको साहित्यकार ज्ञाननिष्ठ ज्ञवाली, रामेश्वर श्रेष्ठ “शैलेन्द्र ” को हास्य व्यंग्य संग्रहको समालोचक ठाकुर शर्मा भण्डारी, कृष्ण प्रसाद नेपालको शिक्षा सम्बन्धि संग्रहको साहित्यकार प्रा. डां. शैलेन्दु प्रकाश नेपाल र भरतमणि ढुंगानाको कविता संग्रह माथि साहित्यकार चुडामणि काफ्लेले टिप्पणी सहित समालोचना गरेका थिए ।












