नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य प्रति तोलाको दुई लाख ३९ हजार ७ सय रुपैयाँ कायम छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला दुई लाख ३९ हजार रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ अघिल्लो कारोबार दिनको तुलनामा तोलामा पाँच रुपैयाँले घटेको छ ।

यस दिन चाँदी प्रतितोला तीन हजार ५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *