विष्णुदेवी शिक्षासदन माविका छात्राहरुलाई थेल्मा-लुइस फ्रान्सले दियो स्वच्छता सामाग्री
थानकोट ।
विश्वव्यापी रूपमा बालबालिका र महिलाहरूलाई विविध क्षेत्रमा सहयोग पुर्याउँदै आएको युरोपेली मुलुक फ्रान्सको परोपकारी संस्था थेल्मा र लुइस फ्रान्सले चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलस्थित विष्णुदेवी शिक्षा सदन माविमा अध्ययनरत छात्राहरूका लागि स्वच्छतासम्बन्धी सामाग्री सहयोग गरेको छ ।
आज (आइतबार) विद्यालयमा आयोजित एक कार्यक्रमका बीच सो संस्थाले ग्रीनटेक फर वुमनसँगको सहकार्यमा विद्यालयमा कक्षा ६ देखी १२ सम्म अध्ययनरत छात्राहरूका लागि महिनावारीको समयमा उपयोगी हुने पाइन्ट वितरण गरेको हो ।
सो सामाग्रीबाट विद्यालयका २८८ जना छात्राहरू लाभान्वित भएको विद्यालयका प्रधानाध्यापक कृष्ण पराजुलीले जानकारी दिए ।
सो संस्थाले बालबालिकाको शिक्षालाई आर्थिक सहयोग र विविध कठिनाइको सामना गरिरहेका महिलाहरूलाई सहयोग प्रदान गर्ने गर्दछ ।
विष्णुदेवी शिक्षा सदन माविमा आइतबार आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ११ सतुङ्गलका वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ लगायत अन्य जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

संलग्न तस्बिर स्रोतः विष्णुदेवी शिक्षा सदन मावि












