कात्तिक २० मा माधवकुमार नेपालले प्रचण्डलाई लड्डु खुवाउने !

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीबीच कात्तिक २० गते पार्टी एकता हुने भएको छ।

आइतबार बसेको सचिवालय बैठकले दुवै पार्टीको संयुक्त केन्द्रीय समिति बैठकले कात्तिक २० गते तय भएको प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘एकीकृत समाजवादीलगायत एकतामा आउने दलहरूको संयुक्त केन्द्रीय समितिको बैठक कात्तिक २० गते बस्ने तय भएको छ,’ उनले भने। त्यसपछि एकता घोषणा गर्ने तयारी छ।

समाजवादी मोर्चा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द्र ‘विप्लव’बाट अलग्गिएका चिरन सीसहितको एउटा समूह, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्की नेतृत्वको नेकपा (समाजवादी) सहितका दल एकताको प्रक्रियामा छन्।

उनीहरूबीच नीति, नेतृत्व टुंगो लागिसकेको छ।

नेतृत्व संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन्। सहसंयोजक माधव नेपाल रहनेछन्।

एकीकृत पार्टी बहुपदीय ढाँचाको रहने छैन। मार्क्सवाद, लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने नेपाली विशेषताको समाजवाद तत्कालकको कार्यनीति रहने र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवादी रहने तय भएको छ।

फाइल फोटो, सामाजिक सञ्जालबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *