थानकोट आउँदै गरेको ट्याँकरबाट पेट्रोल निकाल्दै गरेका चालकसहित ४ जना पक्राउ

Thankot Times

थानकोट ।

ट्यांकरबाट झिकेर अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलिमय पदार्थ लोड गरी थानकोट डिपोमा आउँदै गरेको ना ४ ख ९३७७ नम्बरको ट्यांकर चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो साढे ४ बजे उक्त ट्यांकरले मकवानपुरको मनहरी गाउँपालिका-८ मा रहेको जय शिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पट्रोल झिकिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ट्यांकर चालकसहित पेट्रोल पम्पमा काम गर्ने ३ गरी ४ जनालाई नियन्त्रणमा  लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *