डिभाइन हबको सहजीकरण सीपसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Thankot Times

थानकोट ।

डिभाइन हब काठमाडौंको आयोजना र क्वेस्ट नेपालको प्राविधिक सहयोगमा काठमाडौंमा सहजीकरण सीपसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सुकेधारास्थित ब्रेनल्याण्ड एकेडेमीमा सञ्चालित सो कार्यक्रम असल र चतुर नागरिक बनाउने अभियान मा केन्द्रित रहेको बताइएको छ।
कार्तिक १४ बाट सुरु भएको प्रशिक्षणमा ब्रेनल्याण्ड एकेडेमी, गोकरणेश्वर लाइट एकेडेमी, सेलिब्रेसन को-इड विद्यालय, पथिक ज्ञान निकेतन, पिक पोइन्ट एकेडेमी र पिक पोइन्ट पब्लिक स्कूलका करिब २० जना शिक्षक सहभागी भएको डिभाइन हब काठमाडौंले जनाएको छ।

विभित्र सत्रमा विभाजन गरिएको कार्यक्रम क्वेस्ट नेपालकी पूर्व अध्यक्ष सुरिना सुनायनी गुरुङ, क्वेस्ट नेपालका थिङ्क ट्याङ्क सदस्यहरू निराजन अधिकारी, सुवर्णराज के.सी, क्वेस्ट नेपालका अध्यक्ष नारद रिजाल, वरिष्ठ उपाध्यक्ष देवराज घिमिरे, उपाध्यक्ष मोहनकुमार कार्की, ब्रेनल्याण्ड एकेडेमीका प्रिन्सिपल पारस मणि दाहाल, सहायक प्रिन्सिपल प्रशान्त दाहाल, र पिक पोइन्ट शिक्षा सञ्जालका अध्यक्ष विनय श्रेष्ठ लगायतको उपस्थिति रहेको बताइएको छ।
प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै क्वेस्ट नेपालका अध्यक्ष नारद रिजालले डिभाइन हबसँगको सहकार्यलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका थिए । यस्तै, उपाध्यक्ष मोहनकुमार कार्कीले युवापुस्ता र शिक्षकहरूलाई उत्प्रेरित बनाउने खालका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव राखेका थिए।
प्रशिक्षणले सहभागी शिक्षकहरूमा सहजीकरण सीप, नेतृत्व क्षमता र सकारात्मक सोंच विकासमा योगदान पुर्‍याएको आयोजक संस्थाले विश्वास लिएको बताइएको छ।
रवि श्रेष्ठ, बुद्ध गौतम र रुपक खत्रीले प्रशिक्षणमा सहजीकरण गरेकोे संस्थाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *