थानकोट चेकपोष्टका ३४ वर्षीय प्रविण मानन्धरको अमेरिकामा निधन
थानकोट ।
चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्टका स्थानीय प्रविण मानन्धरको संयुक्त राज्य अमेरिकामा निधन भएको छ।
करिब १ दशकदेखी अमेरिका बस्दै आएका मानन्धरको यही कार्तिक १५ गते निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार ३४ वर्षीय मानन्धर फुटसल खेलिरहेका बखत अचानक अस्वस्थ भएपछि अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।
उनको अमेरिकामा नै अन्तिम संस्कार भएको छ ।
प्रविण चन्द्रागिरि क्षेत्रका परिचित समाजसेवी एवं चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवशंकर मानन्धरका एकमात्र पुत्र हुन् ।
तस्बिर स्रोतः चन्द्रागिरि साकोसको फेसबुक













