चन्द्रागिरिका गाउँ-गाउँमा परम्परागत जात्रा पर्वको चटारो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका विभिन्न गाउँमा अहिले जात्रा पर्वको व्यस्तता छ ।

चोकचोकमा टाँगिएका ध्वजा पतकाले चन्द्रागिरि नगरका प्राचीन वस्तीहरूमा उल्लासको वातावरण बनेको छ ।

गत शुक्रबार बलम्बुमा महालक्ष्मी जात्रा सम्पन्न भएको छ । काठमाडाैंको पुरानो मध्येको एक नेवाः वस्तीमा झमझम वर्षाका बीच स्थानीयहरूले महालक्ष्मी जात्रा मनाएका हुन् ।

यता, चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँ, चन्द्रागिरि नगरपालिका-०७ थानकोट वाणस्थली, चन्द्रागिरि नगरपालिका-०४ थानकोटमा आसन्न जात्राको तयारी तिव्र बनाइएको छ ।

यही बुधबार (१९ कार्तिक) का दिन चन्द्रागिरि नगरपालिका-०७ स्थित वाणस्थली त्रिवेणी धाममा स्नान मेला लाग्दैछ ।

सोही दिन चन्द्रागिरि नगरपालिका-०६ मातातिर्थ बालागाउँमा वनमहालक्ष्मीको रथ यात्रा हुनेछ ।

बुधबारबाट नै थानकोटमा महालक्ष्मी जात्रा सुरु हुनेछ, सोही दिन  टेकपानपुरमा समेत महालक्ष्मी जात्राको राैनक थपिनेछ । सो को भोलिपल्ट अर्थात कार्तिक २० गते बिहीबार थानकोटस्थित महालक्ष्मी मन्दिर परिसरमा सिन्दुर जात्रा मनाइनेछ ।

यसैबीच चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थान, चन्द्रागिरि नगरपालिका वडा नं. ३ थानकोट र चन्द्रागिरि नगरपालिका वडा नं. १ दहचोकको सीमा क्षेत्रमा रहेको सो त्रिवेणी धाममा लाग्ने स्नान मेलाको तयारी तिव्र बनाइएको छ ।

स्नान मेलाका लागि तयारी तिव्र पारिएको त्रिवेणी धर्म संघले जनाएको छ ।

पछिल्लो समय त्रिवेणी धाम संरक्षणमा स्थानीयबासीहरूले अग्रसरता लिएसँगै मेला वर्षेनी थप व्यवस्थित हुँदै गएको त्यहाँ पुग्ने भक्तजनहरूले बताउने गरेका छन् ।

त्रिवेणी धामको फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *