सुनको भाउ स्थिर रहँदा चाँदीको भाउ बढ्यो
थानकोट ।
नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर छ ।
यस दिन छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
छापावाल सुन आइतबार पनि यही मूल्यमा किनबेच भएको थियो ।
आज चाँदीको भाउ अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले बढेको छ ।
यसदिन चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।













