मन्त्रिपरिषद्को बैठक आज बस्दै

Thankot Times

थानकोट ।

प्रधानमन्त्री सुशीला कार्कीले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकले विभिन्न मन्त्रालयका नियमित प्रस्तावमाथि छलफल र निर्णयसँगै केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने बताइएको छ।

यस क्रममा केही सचिव तथा सहसचिवहरूको सरुवा हुने सम्भावना रहेको छ।

प्रशासन सिंहदरबार विशेष ब्युरो स्रोतका अनुसार रिक्त राजस्व सचिव र बढुवासँग पदस्थापन हुन बाँकी रहेका एक सचिवको व्यवस्थापनका क्रममा करिब आधा दर्जन सचिवहरूको सरुवा हुन सक्ने अनुमान गरिएको छ।

साथै, केही सहसचिवहरूको समेत सरुवा हुने तयारी भइरहेको जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *