‘राजीनामा दिन लागेको कुरा गलत हो’- मन्त्री कुलमान घिसिङ

Thankot Times

थानकोट ।

ऊर्जा, खानेपानी र सिँचाइ मन्त्रालयसहित तीनवटा जिम्मेवारी सम्हालिरहेका कुलमान घिसिङले राजीनामा दिएर नयाँ राजनीतिक दल खोल्ने भनाइ अस्वीकार गरेका छन्।

राजनीतिमा प्रवेश गर्न राजीनामा दिने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे उनले सोमबार फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।

उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु ।’

घिसिङले हालको अन्तरिम सरकार जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको स्मरण गराउँदै जनताको आशा र विश्वास पूरा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। 

उनले भने, ‘तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *