बलम्बु प्रहरीले चढ्ने गाडी जलाउने किशोर सतुङ्गलबाट समातिए

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकास्थित बलम्बु प्रहरी प्रभागमा आगजनी र तोडफोडमा संलग्न एक युवक पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा फेला परेका भिडियो र फोटो प्रमाणका आधारमा सर्लाहीको मलंगवा गाउँपालिका-४ स्थायी ठेगाना भई हाल चन्द्रागिरि नगरपालिका–१०, सतुङ्गल बसोबास गर्दै आएका १८ वर्षीय धर्मजित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, जेन-जी समूहले घोषणा गरेको आन्दोलनको नाममा भदाै २४ मा केही अज्ञात व्यक्तिहरूले बलम्बुस्थित प्रहरी प्रभागमा तोडफोड र सवारीसाधनमा आगजनी गरी ठूलो क्षति पुर्‍याएका थिए ।

उक्त घटनामा बा १ झ ७४१८ नम्बरको सेतो गाडी कार्यालय परिसरबाट बाहिर लगेर मुख्य सडकमा आगजनी गरी पूर्ण रूपमा नष्ट गरिएको अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनाको अनुसन्धान जारी रहेको र पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट पठाइएको बलम्बु प्रहरीले जनाएको छ ।

बलम्बु प्रहरीले भदाै २४ का दिन कार्यालय तोडफोडमा संलग्न भएको अभियोगमा केही दिन अगाडि चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *