चन्द्रागिरि वडा नंं ७ को भवन बनाउन पेश्की बुझेर सम्पर्कविहिन भएको कम्पनीसँगको ठेक्का तोडिने !
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ को कार्यालय भवन बनाउन निर्माण कम्पनीले मोबिलाइजेशन बुझेर सम्पर्कविहिन भएको भन्दै चन्द्रागिरि नगरपालिकाले १५ दिने सूचना जारी गरेको छ ।
मंगलबार चन्द्रागिरि नगरपालिकाले राष्ट्र निर्माण कम्पनी बुढानिलकण्ठ-१० काठमाडाैंका नाउँमा ठेक्का किन नतोड्ने भन्दै अत्यन्त जरूरी सूचना जारी गरेको हो ।
वडा नंं ७ को कार्यालय भवन बनाउन सम्झाैता गरी मोबिलाइजेशन पेश्कीसमेत लिएको र बारम्बार माैखिक एवं लिखित ताकेता गरेपनि हालसम्म सो कम्पनी नगरपालिकालको सम्पर्कमा नआएकोले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ र ठेक्का सम्झाैताको प्रावधान बमोजीम ठेक्का सम्झाैता किन नतोड्ने भन्दै नगरले सो सूचना जारी गरेको हो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ को भवन बनाउन साबिक महादेवस्थान गाविस वडा नं. ७ गाैचरण, घुमाउनेमा आर्थिक वर्ष २०७७-७८ मै ठेक्का आह्वान भएको थियो ।
सूचना हेराैं














