नेकपा माओवादी केन्द्र र नेकपा एससहितको राष्ट्रिय एकता सम्मेलन आज

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित आठ दल/समूहबीच आज राष्ट्रिय एकता सम्मेलन हुँदै छ ।

यही आइतबार यी आठ दल/समूहबीच एकताको सहमति भएको थियो ।

आउँदो फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक मसान्तसम्म दल दर्ताको समय दिइएको छ । सोही कारण छिट्टै नयाँ दल दर्ता गर्न जाने नेताहरूले बताएका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पाटी नेकपा (माओवादी–समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता र कम्युनिस्ट एकीकरणको प्रकृया अगाडि बढाउन हस्ताक्षर गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *