आईसीसी विश्वकप क्रिकेट लिग-२: नेपाल र यूएईबीच आज खेल हुँदै

Thankot Times

थानकोट ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपाली समयअनुसार यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।

अमेरिका, नेपाल र यूएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि दुवै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल सबै खेलमा पराजित भएको छ भने यूएई एक खेलमा विजयी भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *