सुनको भाउमा गिरावट
थानकोट ।
बुधबार (कात्तिक १९) नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार (कात्तिक १८) सुन प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।












