भदाै २४ देखि बन्द रहेको चन्द्रागिरि केबलकार कार्तिक २२ बाट सञ्चालनमा आउने

Thankot Times

थानकोट ।

भदाै २३ गतेको जेन-जी प्रदर्शनमा व्यापक प्रहरी दमन भएपछि भड्किएको माहोलका बीच भदाै २४ गते तोडफोड हुँदा क्षतिग्रस्त बनेको चन्द्रागिरि केबलकार यही शनिबार (कार्तिक २२) बाट सञ्चालनमा आउने भएको छ ।

चन्द्रागिरि हिल्सले बुधबार एक विज्ञप्ति जारी गर्दै कार्तिक २२ गतेबाट केबलकार सेवा सुचारु हुन लागेको जनाएको हो ।

चन्द्रागिरि केबलकार अनिश्चितकालका लागि बन्द, शेयर धनीकाे अर्बौं रुपैयाँ के हाेला ?

आन्दोलनका कारण तोडफोड र आगजनीका कारण क्षति पुगेपछि बन्द रहेको केवलकार पुनःनिर्माण पश्चात् शनिबार देखि सञ्चालन ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *