नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र (पूर्णपाठ)
थानकोट।
नेपाली कम्युनिस्ट पाटीको घोषणापत्र सार्वजनिक गरिएको छ ।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा उक्त पार्टीको घोषणापत्र पढेर सार्वजनिक गरिएको हो ।
नेता देव गुरुङले नवगठित पार्टीको घोषणापत्र अहिलेलाई संक्षिप्त मार्गचित्रका रूपमा प्रस्तुत गरिएको बताए ।
पार्टीको विस्तृत घोषणापत्र भने अव बन्ने कार्यदलले बनाउने भन्दै अहिले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउन तयार गरिएको प्रस्तावका रूपमा रहेको जनाइएको छ । संक्षिप्त घोषणापत्रमा २३ बुँदे प्रतिबद्धता समेटिएको छ ।
जसमा समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध, नेपालको संविधानको रक्षासहित सङ्घीयताको सवलीकरणका लागि परिमार्जन गरिने, भ्रष्टाचार नियन्त्रण र सुशासन, सम्पत्ति जाँचबुझ आयोग गठन र भ्रष्टाचारीलाई कारबाही गर्न कदम चाल्ने, स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवाको ग्यारेन्टी गरिने घोषणापत्रमा समावेश छ ।
बहिष्करण र वञ्चितिकरणमा परेकाहरूको अधिकार सुनिश्चित गर्न लागि पर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण र गरिबी नियन्त्रणको प्रयास गर्नेलगायत रहेका छन् ।

तस्बिरः हरिशजंग क्षेत्री












