यस्तो आज दिनभरको माैसम पूर्वानुमान

Thankot Times

थानकोट ।

देशका केही स्थानमा आज बिहीबार वर्षा र हिमपात हुने भएको छ ।

तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *