सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ६ सय रुपैयाँले बढेर दुई लाख ३७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य दुई लाख ३७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी २० रुपैयाँले बढेर तोलामा तीन हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *