चेकपोष्ट दाउरा डिपोमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. ५ चेकपोष्ट दाउरा डिपोमा बिहीबार बिहान मृत भेटिएका पुरुष मानिसको पहिचान भएको छ ।

न्यू मनकामना ग्रील उद्योगको कोठामा सुतिरहेको अवस्थामा मृत भटिएका पुरुषको पहिचान गरिएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रहरी वृत्त थानकोटका अनुसार गोरखा जिल्ला पालुङटार नगरपालिका-१० का अन्दाजी १९-२० वर्षका पवन कुँवर मृत भेटिएका हुन् ।

उनको के कति कारण मृत्यु भएको हो सो बारेमा शव परीक्षण गरेपछि मात्रै भन्न सकिने प्रहरीको भनाइ छ । हाल उनको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बताइएको छ ।

कुँवरले बिहान ढोका नखोलेपछि स्थानीय जनप्रतिनिधि, स्थानीयबासी तथा प्रहरीको रोहबरमा कोठा खोलि हेर्दा उनी ओछ्यानमै मृत भेटिएका  हुन्- प्रहरी वृत्त थानकोटले भन्यो ।

घटनाका बारेमा प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *