सिन्धुपाल्चोकमा प्रधानाध्यापक कुट्ने विद्यालय व्यवस्थापन समिति अध्यक्षविरुद्ध जाहेरी दर्ता

Thankot Times

थानकोट ।

सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक अन्जना भण्डारीलाई कुटपिट गर्ने व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङविरुद्ध जाहेरी दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार जाहेरी आज दर्ता भएको हो ।

भण्डारीले आफूमाथि कुटपिट गर्ने अध्यक्ष तामाङविरुद्ध हिजो जाहेरी दिएकी थिइन् ।

व्यवस्थापन समितिको बैठक बोलाउने मिति फरक परेको भन्दै अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीलाई कुटपिट गरेका थिए ।

भण्डारीको आँखा र गालमा चोट लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *