एमाले अध्यक्ष केपी ओलीलाई भेट्न गुण्डु पुगे रामकुमारी झाँक्री, किसान श्रेष्ठसहितका नेता
थानकोट ।
नेकपा एकीकृत समाजवादीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन्।
झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ बिहीबार भक्तपुरस्थित ओली निवास पुगेका हुन्।
एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन्।
नेता बस्नेतका अनुसार एमालेले कात्तिक २४ गते घर फर्किने कार्यक्रम आयोजना गर्दैछ।
राष्ट्रिय सभा गृहमा आयोजना हुने उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेका नेताहरू एमालेमा फर्किने बताइएको छ।
नेता बस्नेतका अनुसार ५० जनाभन्दा बढी नेताहरू ओलीलाई भेट्न गुण्डु पुगेका थिए।
उक्त भेटघाटमा एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए।












