जान्नुहोस आज दिनभरको माैसम पूर्वानुमान
थानकोट।
देशका केही स्थानमा आज शुक्रबार वर्षा र हिमपात हुने भएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।
दुईवटा प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने विभागले बताएको छ ।












