पुरुष टी-२० विश्वकप क्रिकेट २०२६ः फाइनल खेल भारतको अहमदाबादमा हुन सक्ने

Thankot Times

थानकोट।

आईसीसीले भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना हुने पुरुष टी-२० विश्वकप २०२६ का लागि भारतका पाँच खेल मैदान र श्रीलङ्काका दुई मैदान शर्टलिस्ट गरेको छ ।

भारतका पाँच सहरहरू अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलङ्काको कोलम्बो र क्यान्डीमा खेल हुने तय गरिएको हो ।

आउँदो फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुने तय भएको छ ।

तर, पाकिस्तान फाइनलमा पुगेमा यो खेल श्रीलङ्कामा हुनेछ ।

भारत र पाकिस्तानबीच सहमति अनुसार उनीहरू एकअर्काको देशमा तटस्थ मैदानमा मात्र खेल्नेछन् ।

विश्वकपमा २० टिम सहभागी हुनेछन् ।

एशियाबाट नेपाल, ओमान र युएई छनोट भएका छन् ।

प्रतियोगितामा सहभागी हुने देशहरूको समुह विभाजन भने हुन बाँकी छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *