वनस्थलीमा ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयो

Thankot Times

थानकोट।

काठमाडौं चक्रपथअन्तर्गत बालाजु वनस्थलीमा गएराति टिपरको ठक्करपछि मोटरसाइकल चालकको निधन भएको छ ।

प्रहरीका अनुसार महानगरपालिका-१६ वनस्थलीस्थित सडकमा प्रदेश नम्बर ०३-०१-००६ ख १६५६ नम्बरको टिपरले बा.प्र ०२-०४८ प ३५३४ नम्बरको मोटरसाइकलाई बिहीबार राति ठक्कर दिएको थियो ।

ठक्करपछि मोटरसाइकलमा सवार संखुवासभा चैनपुर नगरपालिका–९ घर भएका ३० वर्षीय अनिल तामाङको निधन भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगञ्जमा उपचारको क्रममा निधन भएको थियो ।

उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *