एन्फा प्रेसिडेन्ट लिग: चित्लाङ फुटबल र विजय स्पोर्ट्स क्लबले अंक बाँडे
थानकोट ।
विजय स्पोर्ट्स क्लब र चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा अंक बाँडेका छन् ।
शुक्रबार (कात्तिक २१) लिगमा विजय स्पार्ट्स र चित्लाङले एक–एकको बराबरी गरेको हो ।
विजयले खेलको पहिलो हाफमा अग्रता लिएको थियो । तर, चित्लाङले भने दोस्रो हाफमा गोल फर्काउँदै बराबरी गरेको हो ।
लिगमा विजयको यो दोस्रो बराबरी हो । वियजले यसअघि लालीगुराँस गोलरहित बराबरी गरेको थियो । बराबरीसँगै टोलीले लिगमा दुई खेलमा दुई बराबरी खेल्दै दुई अंक जोडेको छ ।
चित्लाङको भने यो पहिलो बराबरी हो । यसअघि उद्घाटन खेलमा देउरालीलाई ४–१ ले पराजित गरेको थियो । यो नतिजासँगै उसले लिगमा दुई खेल खेल्दा एक हार र एक बराबरीसहित चार अंक जोडेको छ ।
शुक्रबार हेटौँडाको गौरीटार रंगशालामा सम्पन्न खेलको पहिलो हाफमा विजयलाई आरोन थापाले अग्रता दिलाएका थिए । ७२औँ मिनेटमा चित्लाङका विज्ञान खड्काले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको सेमिफाइनलिस्ट टिमहरूले आगामी पुस ९ गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा स्थान बनाउनेछ ।
एन्फा














