कांग्रेस नेता आलमको निधन
थानकोट ।
पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ ।
उपचारका क्रममा उनको शनिबार बिहान २ बजे निधन भएको हो ।
अन्तिम संस्कारका लागि उनको शव गृहजिल्ला रौतहट लगिसकिएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा राखेर उपचार भइरहेको थियो ।
मिर्गौला फेल भएपछि डायलाइसिस भइरहेको थियो ।
गत जेठमा नक्खु कारागारबाट छुटेलगत्तै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।
२०६४ चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो राति बम विष्फोट भएको घटनाका घाइतेलाई जिउँदै इटाभट्टामा जलाएको उनीमाथि आरोप लागेको थियो ।
सोही मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
उच्च अदालत वीरगन्जले जिल्लाको फैसला उल्टाएपछि उनी थुनामुक्त भएका थिए ।












