हङकङ सिक्सेस: नेपालको पहिलो जित, भारत ९२ रनले स्तब्ध
थानकोट ।
हङकङमा चलिरहेको हङकङ सिक्सेसअनतर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हराएको छ ।
नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो ।
भारतका भरत चीप्ली र प्रियङ्क पञ्चलले समान १२ रन बनाए । नेपालका राशिद खानले तीन, बसिर अहमदले दुई र रुपेश सिंहले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कुनै पनि विकेट नगुमाइ एक सय ३७ रन बनायो । नेपालका रासिद खानले ५५, सन्दीप जोराले ४७ र लोकश बमले अविजित ३१ रन बनाए । त्यसअघि बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट पराजित भयो ।
नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो ।
आजै भएको बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भयो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ ।
हङकङ सिक्सेस हिजो (शुक्रबार)देखि शुरु भएको हो ।














