जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कारबाही होस् : चन्द्र ढकाल

Thankot Times

थानकोट ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन जेड आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

शनिबार काठमाडौँमा महासंघद्वारा आयोजित राष्ट्रिय आर्थिक बहस २.० मा लाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन्।

अध्यक्ष ढकालले आगजनी, तोडफोड लुटपाट गर्नेमाथि कडाभन्दा कडा कारबाही नभए दण्डहीनता मौलाउनेसमेत बताए ।  विभिन्न पेसा व्यवसाय गरी खाने वर्गले सुरक्षित रूपमा काम गर्न पाउने अधिकारको सुनिश्चितता गर्न माग उनले राखे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *