सुनको भाउ बढ्यो, चाँदीको घट्यो
थानकोट ।
कारोबार हुने यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।
अघिल्लो कारोबार दिन गत शुक्रबार सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज आइतबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो कारोबार दिन गत शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।













