काभा महिला यू-१९ च्याम्पियनसिप: नेपाललाई दोश्रो स्थान

Thankot Times

थानकोट ।

काभा महिला यू-१९ च्याम्पियनसिप २०२५ को उपाधि किर्गिस्तानले जितेको छ ।

श्रीलंकामा आइतबार भएको फाइनल खेलमा किर्गिस्तानसँग पाँच सेटमा पराजित भएपछि नेपाल दोश्रो बन्यो ।

खेलको पहिलो सेट २५-२२ ले जितेको नेपाली टिमले दोस्रो सेटसम्म पनि लय कायम राख्न सकेको थिएन ।

पहिलो सेटमा नेपालले १४-८ र १९-१८ को अग्रता बनाउँदै जितसम्म पुगेको हो।

तर दोस्रो सेटमा एक समय १४-१२ को अग्रता बनाएको नेपालविरूद्ध १७-१८ मा कमब्याक गरेर किर्गिस्तानले २५-२० को जित हासिल गरेको हो।

तेस्रो सेटमा नेपालले सुरूआतबाट साँघुरो अग्रता बनाएको थियो तर अन्तिम समयतिर डिफेन्समा चुक्दा नेपाल २५-२१ ले पराजित भयो। यससँगै किर्गिस्तानले खेलमा पकड बनाएको थियो। चौथो सेटमा किर्गिस्तानले महत्वपूर्ण केही खेलाडीलाई आराम दिएपछि नेपालले सहजै २५-१३ को जित हासिल गरेको थियो।

पाँचौ तथा अन्तिम सेटमा अनिवार्य जितको आवश्यकता रहेको अवस्थामा ५-३ को अग्रता बनाएको नेपालविरूद्ध किर्गिस्तानले पुनरागमन गरेको हो। अन्तिममा १५-११ को जितसहित किर्गिस्तानले उपाधि जित्दा नेपाल भने रजत पदकमा चित्त बुझाउन बाध्य भयो।

गत वर्षको च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो।

चार देश सम्मिलित प्रतियोगितामा श्रीलंका तेस्रो तथा माल्दिभ्स चाैथो स्थानमा रहे ।

तस्बिरः काभा


Leave a Reply

Your email address will not be published. Required fields are marked *