कारागारबाट फरार भएका एकजना कैदी चन्द्रागिरिबाट समातिए

Thankot Times

थानकोट ।

भदौ २३ र २४ गते जेन-जी समूहले गरेको प्रदर्शनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका जबरजस्ती करणी मुद्दाका प्रतिवादी शुभराज पन्त समातिएका छन् । 

कारागारबाट फरार भएका पन्तको खोजतलासमा रहेको प्रहरीले आइतबार दिउँसो सफलता हात पारेको हो । 

बलम्बु प्रहरी प्रभागसँगको सहकार्यमा प्रहरी निरीक्षक बुद्धि बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका र चन्द्रागिरि नगरपालिकाको सीमा क्षेत्र नैकापमा लुकीछिपी बसिरहेको अवस्थामा पन्तलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पुर्याइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *