सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य एकै दिन प्रतितोला २९ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (कात्तिक २४) सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार (कात्तिक २३) सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *